skip this

दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

2.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ। गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खोटहाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो । निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए।

 

nijgadh-supermart-adz1200-630