जंगली च्याउ खाँदा पाँच जना बिरामी
वि.सं.२०७९ साउन २३ सोमवार ०९:४६
1.12K
shares

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा पूर्वी पाँच जना बिरामी परेका छन् । आइतबार दिउँसो विनयी त्रिवेणी गाउँपालिकामा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेको प्रहरीले जनाएको छ।
बिरामीहरूको लुम्बिनी अस्पतालमा उपचार भइरहेको छ। जंगलबाट ल्याएको च्याउ खाएका विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–५ का तुलबहादुर ठाडा, उनकी श्रीमती दिलमाया र छोरा बिश्राज, छिमेकी नरमाया ठाडा र कला लम्काह बिरामी परेका हुन्।
वि.सं.२०७९ साउन २३ सोमवार ०९:४६

















