skip this yams_Max_Hospital.jpeg

शहीद हिरालाल स्मृति प्रतिष्ठान सामुदायिक भवनको शिल्यान्यास

1.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–७ मा शहीद हिरालाल स्मृति प्रतिष्ठान सामुदायिक भवनको बिहीवार एक कार्यक्रमबीच शिल्यान्यास गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले सामुदायिक भवनको शिल्यान्यास गरेका हुन् ।

भवन शिल्यान्यासपछि मुख्यमन्त्री यादवले शहीदहरुको वलिदानीले नै देशमा संघीयता र गणतन्त्र स्थापना भएको बताए ।

उनले देशमा जहानीय राणा शासन विरुद्ध र त्यसपछिका अन्य सबै आन्दोलनहरुमा शहीदहरुले बलिदानी गरेकाले नै आफूहरु आज यो स्थानमा उभिएको पनि बताए ।

‘मधेस प्रदेश सरकार शहीदहरुको सम्मानको लागि सचेत छ, मुख्यमन्त्री यादवले भन्नुभयो, शहीदहरुको सम्मान गर्न नै प्रदेश सरकारले मधेस शहीद प्रतिष्ठन गठन गरेको छ ।’ उनले प्रतिष्ठनमार्फत शहीदको सम्मान निम्ति विभिन्न कार्यक्रम संचालन गरिने जानकारी दिदै मुख्यमन्त्री यादवले जनआन्दोलनका २०६२/०६३ का शहीद हिरालाल गौतमको स्मृतिमा निर्माण हुन लागेको सामुदायिक भवनको निर्माण कार्यमा मधेस सरकारले सकेको सहयोग गर्ने पनि जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा प्रतिनिधि सभा सदस्य मैनालीले शहीदको सम्मानको लागि निर्माण हुन लागेको भवन निजगढका सबै जनताको सम्पति भएको बताउनुभएको छ । उहाँले भवनको प्रयोग निजगढबासी जनताको हितमा प्रयोग हुने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रमा शहीद हिरालाल स्मृति प्रतिष्ठानका अध्यक्ष एकबहादुर श्रेष्ठले प्रतिष्ठानको उद्देश्य र गतिविधिको बारेमा जानकारी गराएका थिए ।

भवन निर्माण समितिका अध्यक्ष गोकुल घोरसाइनेको अध्यक्षतमा भएको कार्यक्रमको संचालन प्रतिष्ठानका सहसचिव जयराम कुवरले गरेका थिए ।

शिल्यान्यास कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा मगर, वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, शहीद हिरालाल गौतमकी पत्नी गायत्री गौतम लागायत विभिन्न वडाका जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

भवन निर्माण गर्न स्थानीय किरण श्रेष्ठले दान स्वरुप १० धुर जमिन प्रदान गरेका छन् ।

संघीय सरकारको तराई सम्बृद्धि कार्यक्रम अन्तर्गत ३० लाखको लागतमा भवन निर्माण हुन लागेको हो ।

तीन तले भवन निर्माण गर्ने डिजाईन गरिएपनि अहिले दुई तले भवनको ढलान हुने भवन निर्माण समितिका अध्यक्ष घोरसाइनेले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630