skip this farak Kura Pravakar

निजगढको विकासको लागि प्रदेश सरकार दिल खोलेर लागेको छ : मुख्यमन्त्री यादव

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले निजगढको विकासको लागि प्रदेश सरकार दिल खोलेर लागेको बताएका छन् ।

बाराको निजगढ–६ सडकटोलस्थित गौरीशंकर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले निजगढमा विकासको लागि एकता देखेर आफु उत्साहित भएको बताए ।

‘विकासका लागि राजनीतिक दलहरु सबै मिलेर आउँनु हुन्छ,’ मुख्यमन्त्री यादवले भने–यस्तो एकताले मलाई उत्साहित बनाउँछ । त्यसैले यहाँको कार्यक्रममा आउन मलाई मनपर्छ ।

मुख्यमन्त्री यादवले आफु सभामुख हुदाँ निजगढका विद्यालयमा प्रदेश सरकारबाट साईकल पठाएको भन्दै अहिले पनि यहाँका विद्यालयलाई आवश्यक परेको सहयोग गरिरहेको र थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले निजगढमा मधेस प्रदेश स्तरिय लागु औषध नियन्त्रणका लागि केन्द्र निर्माण गर्न लागिएको जानकारी दिए । उनले जग्गा उपलब्ध भएसँगै चाँडो भन्दा चाँडो केन्द्र बनाउने योजना रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, प्रदेश सांसद त्रिलोकीप्रसाद चौधरी, निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, नेपाली कांग्रेस निजगढका मोहन सापकोटा, नेकपा (एमाले) निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) निजगढका कुमार लामा, राप्रपा निजगढका अध्यक्ष खड्गप्रसाद उप्रेती, नेकपा (एकीकृत सामाजवादी) निजगढ नगर अध्यक्ष भिमप्रसाद सापकोटा, जनमत पार्टी निजगढ नगर अध्यक्ष मोजहर मंसुर, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोईराला, पूर्व विद्यार्थी रविराज दंगाल, गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का अध्यक्ष रविकुमार बर्तौला, सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष घनश्याम तिमल्सिना, रास्वपा निजगढ नगर अध्यक्ष रामहरी खरेल, विभिन्न विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, विभिन्न संघसंस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको कार्यक्रमको सजिकरण विद्यालय प्रधानाध्यापक यादवकुमार तिमल्सिना, श्रीहरी न्यौपानेले गरेका थिए ।

कार्यक्रममा विद्यालयको विकासका लागि योगदान दिएका पूर्व व्यवस्थापन समिति, पूर्व प्रधानाध्यापक, शिक्षक, सहयोगी दाता, जागरुक अभिभावक लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती दिएका थिए ।

nijgadh-supermart-adz1200-630