प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित, यी हुन पदाधिकारी
वि.सं.२०७८ फागुन २९ आइतवार ०७:५३
1.86K
shares

पाेखरा । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् ।
पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो ।
बस्नेत सात वर्षअघि भएको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए ।
१७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर महासचिवमा हिरामान लामा, उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा ईन्द्र आचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै ८ जना सचिवमा विक्रम लुइँटेल, कमल कुमार उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् ।
वि.सं.२०७८ फागुन २९ आइतवार ०७:५३

















