प्रकाश सपुतको ‘पिर’ गित हटाउन दबाब : पूर्वजनमुक्ति सेनाको प्रश्न– जनयुद्धको किन विरोध ?
वि.सं.२०७८ फागुन २८ शनिवार २३:१४

काठमाण्डौं । गायक प्रकाश सपुतको गित ‘पिर’ युटुबबाट हटाउन दबाब बढेको छ । जनयुद्ध र लडाकुको अपमान गरेको र गलत व्याख्या गरेको भन्दै माओवादी केन्द्रका नेता तथा पूर्वजनमुक्ति सेनाहरुले आपत्ती जनाएका छन् ।

पूर्व जनमुक्ति सेना समाज सुदुरपश्चिम नेपालकी नेतृ एवं प्रदेश सभा सदस्य कुन्ती जोशीले सामाजिक सञ्जालमार्फत प्रकाश सपुतलाई माफि मागेर भिडियो हटाउन चुनौति दिएकी छिन् ।
उनले लेखेकी छिन्– बर्दि लगाएर जिन्दगी दाउमा राखेर पुरानो राज्य प्रणालीको स्वरुप परिवर्तनका खातिर हिडेर आज त्यहि प्रकाश सपूत जस्ता हजारौंको जिन्दगी यो समाजका हामी पनि मानव हौ भन्ने बनाउने सामाजिक कुरुती र कुसंस्कारका विरुद्ध लडने टिमको अथवा जनयुद्धको बर्खिलाब भिडियो बनाएको देख्दा जति निन्दा र खेद प्रकट गर्दा पनि कम हुदैन !! भिडियो युटुबबाट हटाइ आम माफी माग्न चुनौनी दिन्छौ ।
वि.सं.२०७८ फागुन २८ शनिवार २३:१४

















