skip this yams_Max_Hospital.jpeg

गणेशमान पार्कमा गौरीशंकर व्याच २०४९ को मित्र मिलन ! गुरु र व्याची जनप्रतिनिधिलाई सम्मान

1.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालय प्राविधिक शिक्षालयबाट वि.स. २०४९ सालमा एसएलसी परीक्षा दिएका पूर्व विद्यार्थीको समुहको शनिबार गणेशमान पार्क (मोहोरी) मा मित्रमिलन कार्यक्रम सम्पन्न भएको छ ।

समुहले आफुलाई ज्ञानको उज्यालो छर्ने गुरुदेखि जनप्रतिनिधि बनेका दौतरीलाई समेत सम्मान गरेका छन् । यसरी सम्मानित हुनेमा सुदर्शनप्रसाद कोइराल, हरिनारायण लाल कर्ण, कृष्ण प्रसाद उपाध्याय, गङ्गाप्रसाद साह, नारायणप्रसाद लामिछाने, राम कुमार शर्मा दाहाल, नागेन्द्रप्रसाद साहलगायत रहेका छन् । उनीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो

त्यसैगरि गत स्थानीय तह निर्वाचनमा निजगढ नगरपालिका वडा नम्बर १० बाट वडा अध्यक्षमा निर्वाचित आशाकाजी श्रेष्ठ रहेका छन् । उनलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

कसले के भने ?

सम्मान ग्रहण गर्दै वडा अध्यक्ष श्रेष्ठले सबै साथीहरुको सरसल्लाह सुझाव अनुसार जनताको काम गर्ने बताए भने जनताको काम गर्न सधै लागि पर्ने र त्यसको लागि साथीहरुसँग एकतावद्धताको साथ काम गर्ने समेत बताएका छन् ।

त्यस्तैगरि सम्मान पत्र ग्रहण गर्दै पूर्व प्रधानाध्यापक कोइरालाले पहिलेको र अहिलेको शिक्षाको गुणस्तर धेरै फरक भएको बताए ।

त्यस्तै गरि अर्को प्रधानाध्यापक शर्माले अहिले मुलुकमा एक आपसमा अरोप प्रत्यारोपको गतिविधि भइरहेको प्रति चिन्ता व्यक्त गर्दै यस्तै भईरहेमा सच्चा मानिस पाउन मुस्किल हुने बताए ।

निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य फाउन्डेसनका सचिव दिपक कुमार खड्काले गरेका थिए भने कार्यक्रम सञ्चालन दुर्गा बस्नेतको रहेको थियो ।

nijgadh-supermart-adz1200-630