शान्त बन्यो गौरीशंकर क्याम्पस परिषर ! अब केहिबेरमा मतगणना सुरु गर्ने तयारी

वि.सं.२०८१ चैत ५ मंगलवार २३:३०

निजगढ–निजगढ–९ स्थित गौरीशंकर क्याम्पस स्ववियू निर्वाचन केन्द्र अहिले शान्त बनेको छ ।
केन्द्रस्थलबाट क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठलाई निकाल्नु पर्ने माग गर्दै नाराबाजी भएको थियो ।
अध्यक्ष श्रेष्ठ प्रहरीको स्कटिङमा केन्द्रबाट बाहिरिएपछि अहिले शान्त बनेको हो । स्थिति शान्त बनेसँगै मतगणना गर्ने तयारी भईरहेको छ ।
निर्वाचनमा ९० प्रतिशत मतदान भएको छ । कुल ३६८ जना मतदाता मध्ये ३३४ जनाले मतदान गरेका छन् ।
बिहान ९ बजेबाट शुरु भएको मतदान दिउसो ४ बजेसम्म चलेको थियो ।
निर्वाचनबाट क्याम्पसमा प्रतक्ष्य र समानुपातिकतर्फबाट एकजना सभापति, उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष र १० जना सदस्य चुनिने छन् ।
निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले बालकृष्ण हुमागाई, नेपाली कांग्रेस निकट नेविसंघबाट दावा लामा बोञ्जन र माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) ले उज्जल प्रसाई नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

वि.सं.२०८१ चैत ५ मंगलवार २३:३०