गौरीशंकर माध्यमिक विद्यालय एसएलसी व्याच २०५२ को मोहोरीमा पुर्नमिलन
भेलाले ७ सदस्यिय समिति गठन
वि.सं.२०८० फागुन २६ शनिवार २१:११
2.52K
shares

बारा– बाराको निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयबाट २०५२ सालमा प्रवेशिका परीक्षा दिएका विद्यार्थीको पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ ।
एसएलसी व्याच २०५२ को निजगढ–४ मोहोरीस्थित गणेशमान पार्कमा पुर्नमिलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।
पुर्नमिलन भेलाले ७ सदस्यिय समिति गठन गरेको छ । जसको अध्यक्षमा दिपक पन्त, उपाध्यक्षमा विमला मैनाली, सचिवमा गोकुल खत्री, कोषाध्यक्षमा विन्दा वाग्ले चयन भएका छन् ।
त्यसैगरि सदस्यमा जानुका भण्डारी, पदम अधिकारी र सुनिल चौधरी रहेका छन् ।
समितिले आगामी वर्ष सामाजिक कार्यसहित आर्थिक स्रोत जुटाउने र आवश्यक कार्यसम्पादन गर्नेछ ।
भेलाले यस अघि भएका आयव्ययलाई अनुमोदन गरेको छ ।
वि.सं.२०८० फागुन २६ शनिवार २१:११

















