बाराकी गीता कण्डेल : कांग्रेस परिवारकी छोरी माओवादी विद्रोहले जन्माएको शसक्त महिला नेतृत्व

वि.सं.२०७९ असोज १५ शनिवार १३:०४

बारा–बाराको डुमरवानाको रजघट्टा त्यो क्षेत्रको राजनीतिक केन्द्र हो । राजनीतिक चेतनाले यहाँ कांग्रेस–कम्यूनिष्ट सबै हुर्किएको छ । त्यहि फुलेकी पात्र हुन्, गीता कण्डेल ।
गिताकी पिता कलाधर काग्रेसमा आवद्ध थिए । कांग्रेस परिवारकी छोरी गीता कण्डेलले मुलुकको व्यवस्था परिवर्तन गर्न परिवारबाटै विद्रोह थालिन् । उनी नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धबाट प्रभावित भईन् । महिला मुक्तिसहित जनतालाई अधिकार सम्पन्न बनाउन २०५६ मा विद्रोहमा होमिएकी गीता माओवादी नेतृका रुपमा स्थापित भएकी छिन् ।
महिला संगठनको केन्द्रीय सचिव समेत गरेकी उनी २०५८ सालमा तत्कालिन शाही सेना र उसले सञ्चालन गरेको फोर्सले प्रहार गरेको गोलीबाट गम्भिर घाइते भएकी थिईन् । २०६० सालमा उनलाई सेनाले नियन्त्रणमा लिएर जेल चलान गरेको थियो । उनी वीरगञ्ज कारागारमा १८ महिना विताएकी थिईन ।
नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य समेत रहेकी गीता बारा क्षेत्र नं. ३ ‘क’ बाट उम्मेदवार हुने चर्चा छ । उनको नाम पार्टीले प्रतिनिधि सभामा सिफारिस गरेको छ ।
महिला प्रत्यक्षमा
प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिन हिचकिचाई रहेको बेलामा गीताले प्रत्यक्षमा निर्वाचन उठ्ने घोषणा गरिन् । पार्टी गतिविधिमा निरन्तर सक्रिय गीता प्रत्यक्षमा चुनाव उठ्न खोज्ने कमै महिला नेतृमा पर्छिन ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनको दल कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा छ । सत्ता गठबन्धनले सिट बाँडफाँडको अन्तिम चरणमा छ ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार बारा क्षेत्र नं. ३ ‘क’ माओवादीको भागमा परेको छ । सो क्षेत्रबाट माओवादीले गीतालाई अघि सार्न पार्टी नेतृत्व सकारात्मक देखिएको स्रोतको दाबी छ ।
सो क्षेत्रबाट २०७४ का ज्वाला साह निर्वाचित भएकी थिईन् । माओवादीले ज्वालालाई अघि सार्दा गीताले साथ दिएकी थिईन् । ज्वालाले माओवादी छाडेपछि समकालिन माओवादी नेतृमा गीता अवसर नपाएको माओवादी नेता हुन् । कुनै सरकारी नियुक्ति र प्रत्यक्ष निर्वाचनमा नलडेकी गीता टेस्टेडमा पर्दिनन् भने कुनै विवादमा उनी मुछिएकी छैनन् ।

वि.सं.२०७९ असोज १५ शनिवार १३:०४