निजगगढका विभिन्न क्षेत्रमा आज विद्युत सेवा अवरुद्ध हुने
वि.सं.२०८३ भदौ २७ शनिवार ०५:५४

निजगढ-नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रअन्तर्गत निजगढ उप–वितरण केन्द्रले ११ के.भी. फिडर नं. ३ मा पर्ने रूखका हाँगाबिँगा कटान (बुस कटिङ) गर्नुपर्ने भएकाले शनिबार निजगढका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणका अनुसार भदौ २७ गते शनिबार बिहानदेखि साँझसम्म चरणबद्ध रूपमा विद्युत सेवा अवरुद्ध हुनेछ।
बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निजगढ नगरपालिका वडा नं. १०, ११, १२ र १३ मा विद्युत आपूर्ति बन्द रहनेछ। त्यसैगरी दिउँसो २ बजेदेखि बेलुकी ५ बजेसम्म वडा नं. ५, ६, ७ र ८ मा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा पूर्वसूचना बिना नै विद्युत लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ। साथै, पानी परेमा निर्धारित कार्य स्थगित हुने बताइएको छ।
विद्युत अवरुद्ध हुने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न प्राधिकरणले आग्रह गरेको छ। सेवा अवरुद्धबाट पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।
विद्युतसम्बन्धी समस्या वा जानकारीका लागि नो लाइट/मोबाइल ९७६६१९६२०२ तथा कार्यालय फोन ०५३–५४०४८७ / ०५३–५४०२२१ मा सम्पर्क गर्न सकिनेछ।
वि.सं.२०८३ भदौ २७ शनिवार ०५:५४

















