skip this

पाँच वर्षमा गाँउ फर्किने नेतालाई गजलबाट प्रहार

2.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

खै उ रहरमा फर्कीयो या करमा फर्कीयो,
सायद चुनाब हारिन्छ भन्ने डरमा फर्कीयो ।

बर्षौसम्म गायव भएको प्रतिनिधि सांसद
पाँच बर्षपछि चुनावकै अवसरमा फर्कियो ।

जाँदा धुलाम्य बाटो गाथ्यो ट्याकटर चढेर
आउँदा मन्त्री बनेर हेलिकप्टरमा फर्कीयो ।

टन्न हुँदा साङ्लो चुडाइ भागेको कुकुर पनि
भोक लागेपछि हड्डी खोज्दै घरमा फर्कियो ।

समाजसेवा गर्न धुर्मुस–सुन्तली गाउँमा आउँदैछन् रे
गाउँको नेता कलाकार भएर सहरमा फर्कियो ।

–मुलपानी, काठमाण्डौं, हाल : युएई

nijgadh-supermart-adz1200-630