तनहुँ १ मा रामचन्द्रविरुद्ध उम्मेदवारी दिएका जोशीले चुनाव चिन्ह पाए कैंची
वि.सं.२०७९ असोज २६ बुधवार २०:०४
822
shares

काठमाडौं– रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका गोविन्दराज जोशीले कैंची चुनाव चिह्न पाएका छन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेवार भएका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलविरुद्ध जोशीले तनहुँ–१ मा उम्मेदवारी दिएका छन्। जोशीले यसपटक स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
नेपाली कांग्रेसले कारबाही गरेर पार्टीबाट निस्काशन गरेका कारण उनले स्वतन्त्र उम्मेवारी दिएका हुन्।
२०७४ साल पनि जोशीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। तत्कालीन समयमा उनको उम्मेदवारी आयोगले खारेज गरेको थियो। यसपटक उनीविरुद्ध कुनै पनि उजुरी नपरेपछि उनको उम्मेदवारी कायमै छ।
विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
वि.सं.२०७९ असोज २६ बुधवार २०:०४

















