घरमा नै बेहोस भएका वडा अध्यक्षको निधन
वि.सं.२०७९ कात्तिक ११ शुक्रवार ०९:३३
1.86K
shares

काठमाडौं-गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।
भाइटीकाको दिन साँझ उनको निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार घर मा नै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पतालमा पुर्याइएको थियो ।
गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न नसके जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
एमाले निकट युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी गत स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वि.सं.२०७९ कात्तिक ११ शुक्रवार ०९:३३
















