गृहले गर्याे ७ जिल्लाकाे सिडियाेकाे सरुवा, परेनन् बाराका बसन्त !

वि.सं.२०८१ चैत ६ बुधवार १४:४८

बारा-गृहमन्त्रालय अन्तर्गतका ११ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन भएको छ । सरुवा सूची अनुसार ७ जिल्लाका सीडीओहरू हेरफेर भएका छन् ।
गृह मन्त्रालयमा कार्यरत सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रूपमा पठाइएको छ । कपिलवस्तुका विश्वप्रकाश अर्याललाई गृहमन्त्रालयमा ल्याइएको छ।
सुर्खेतका सीडीओ शंकरहरि आचार्यलाई गृहमा ल्याइएको छ ।
उदयपुरका सीडीओ जगदिश्वर उपाध्यायलाई पर्वतको सीडीओमा सरुवा गरिएको छ । गृहमा रहेका भविश्वर पाण्डेलाई पूर्वी नवलपरासीमा पठाइएको छ ।
परेनन् बाराका बसन्त !
गृहले प्रकाशन गरेको सूचनामा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नाम भने समेटेको छैन।
उनको हिजो नै सरुवा भएको सामाजिक सञ्जालमा चर्चा चलेकाे थियाे ।
गृहमन्त्रालयले आज सार्वजनिक गरेको सूचीमा बसन्त अधिकारीको नाम नभेटिएपछि सामाजिक सञ्जालमा सिडिओ सरुवा सम्बन्धी सूचना अफवाह भएको पुष्टि भएको छ।
बारा क्षेत्र नं. ४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीबिच सदनमा आलाेचना गरेका थिए भने एक कार्यक्रममा जिल्लामा नफर्किन चेतावनी समेत दिएका थिए ।
यस्तो छ सूची :

वि.सं.२०८१ चैत ६ बुधवार १४:४८