skip this farak Kura Pravakar

जीतपुर प्रकरणमा ज्वाला भर्सेस किसान ! वडा अध्यक्ष गुप्ताकाे बचाउमा उत्रिईन् ज्वाला

गुप्ताकाे रेकर्ड : पटक–पटक पक्राउदेखि कैद फैसलासम्म

6.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको केन्द्रमा रहेको वडा नं. ७ का वडा अध्यक्ष हुन्–सुनिल गुप्ता ।

जीतपुर बजार क्षेत्रका प्रतिष्ठित व्यापारिक घराना पशुराम गिरीको घरमा आक्रमण गरेपछि वडा अध्यक्ष सुनिल गुप्ताको ४ दिनदेखि बास प्रहरी हिरासतमा छ ।

प्रहरी हिरासतमा बसेको गुप्ताको पहिलो घटना भने होईन्, २०७९ कार्तिक २० मा वडा अध्यक्ष गुप्तालाई पक्राउ गरि  प्रहरीले लछारपछार गरेर ईलाका प्रहरी कार्यालय पु¥याएको थियो । राजनीतिक आडमा प्रहरी कार्यालयमा बास छोट्याउँदै दिवाकालिनमै घर फर्किएका गुप्ता यो पटक भने ४ दिनदेखि जिल्ला प्रहरी कार्यालय बारा कलैयाको न्यायिक हिरासतमा छन् ।

त्यो बेला उनी बारा क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गरेको आरोपमा पक्राउ परेका थिए ।

१ चैत्र २०८१ को होली पर्वको दिनको घटनापछि भने ३ चैत्रमा पक्राउ परेका गुप्तालाई सोमबार प्रहरीले बारा जिल्ला अदालतमा पेश गरेको थियो । ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान पुरा नभए पुनः म्याद थपका लागि अदालतमा पेश गर्न सक्छ ।

एकैपटक तीन वर्ष शिर्षकमा मुद्दा दर्ता भएकाले अनुसन्धान लम्बिने निश्चित छ । बारा प्रहरीका अनुसार डाँका, आपराधिक उपद्रो र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान भईरहेको हो ।

त्यसो त उनीमाथि यसअघि अपराधिक उपद्रो मुद्दामा कैद सजाय समेत तोकिएको थियो । २०८१ असार अन्तिम साता आपराधिक उपद्रो मुद्दामा बारा जिल्ला अदालतबाट दोषी ठहर भएर एक महिनाको कैद फैसला भएको थियो । यो फैसला विरुद्ध उनले उच्च अदालतमा पुर्नवेदन गरेका छन् ।

पत्रकारदेखि जनप्रतिनिधिसँग टसल

२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडा अध्यक्ष पदमा निर्वाचित भएका गुप्ताले पटक–पटक अराजकता मच्याउँदै आएका छन् ।

पत्रकारदेखि जनप्रतिनिधिमाथि पनि टसल रहदैँ आएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयको मुलगेटमा फोहोर फ्याक्नेदेखि नगरसभामा तोडफोडसम्ममा मुछिदै आएका वडा अध्यक्ष गुप्ताले रिपोटिङ्गका क्रममा पत्रकारमाथि सञ्चार उपकरण खोस्ने र सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने गरि लेख्न लगाउने घटना भएका छन् ।

राजनीतिक आडमा पटक–पटक उन्मुक्ति पाउँदै आएका वडा अध्यक्ष गुप्ताले छलफलका क्रममा माफि मागेर सुध्रिन पाएको अवसरलाई दुरुपयोग गरेका छन् ।

त्यसो त गुप्ता सार्वजनिक जग्गा संरक्षणमा देखाएको अग्रसरता चर्चा योग्य भए पनि त्यहि सार्वजनिक जमिनमा दोहोरो भूमिका समेत प्रदर्शन गरेका कारण आलोचित बनेका छन् ।

जीतपुरसिमराको मसानघाटको जमिन संरक्षण र गौशला खाली गराउन सहयोगी देखिएका गुप्ता सार्वजनिक जग्गामा अनुमति विनै संरचना बनाएर भाडामा लगाउने योजनाले आलोचित बने । सार्वजनिक जग्गा खालि गराउन पुगेको उपमहानगरको टोलीलाई रोक्ने र त्यो घटनाको रिपोटिङ्गमा पुगेका पत्रकारको मोवाईल कब्जा गर्ने घटनाले उनको दोहोरो भूमिका उजागर भएको थियो ।

गुप्तालाई कसको संरक्षण ?

जीतपुसिमरा उपमहानगरपालिकाको कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्दा कर्मचारी थुनिएपछि पक्राउ परेका गुप्तालाई छुटाउन तत्कालिन प्रदेश सभा सदस्यदेखि बारा क्षेत्र नं. ४ का एमालेका संघ र प्रदेशका उम्मेदवार चुनावी मैदान छाडेर प्रहरी कार्यालयमा पुगेका थिए ।

त्यसपछिका अराजक गतिविधिमा संरक्षण गर्न स्थानीय पार्टीका नेताहरु अघि नबढेपछि बारा क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री ज्वाला साहले संरक्षण गर्दै आएकी छिन् ।

पत्रकार रन्जन यादव प्रकरणमा वडा अध्यक्ष गुप्ता र वडा सदस्य सिता उप्रेती विरुद्ध मुद्दा चल्न नदिन पूर्वमन्त्री साहले तत्कालिन बाराका प्रहरी नेतृत्वलाई दबाब दिएर सहमति गराउन सफल भएकी थिईन् ।

होलीमा भएको जीतपुर काण्डपछि पनि वडा अध्यक्ष गुप्तालाई जोगाउन सत्ता र शक्तिको प्रयोग भएको थियो । घटनाको तेस्रो दिनमात्रै गुप्ता पक्राउ पर्नुले प्रहरी/प्रशासनमाथि कति दबाब थियो भन्ने पुष्टि हुन्छ ।

गुप्ता समुहले गिरी परिवारमाथि नै मुद्दा लिएर प्रहरी पुगेपछि सहमतिको गराउने प्रयास असफल बनेको एमाले निकट स्रोत बताउँछ । अब मुद्दा प्रकृया अघि बढिसकेको छ, त्यसलाई छिट्टै टुङ्गाउनेतिर केन्द्रित छौं, स्रोतले भन्यो ।

झगडा छुट्याउन जाँदा जनप्रतिनिधिमाथि उल्टै गोली चलाएको भन्दै ज्यान मार्ने प्रयास गरेकाले ज्यान मुद्दा दायर गरेको वडा अध्यक्ष गुप्ता निकटको दाबी छ ।

घटनाको विषयमा छलफल गराएको भन्दै बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले संसदमा आवाज उठाए । काँग्रेसी परिवारमाथि आक्रमण भएको भन्दै सत्तापक्ष नै असुरक्षित रहेको प्रतिपक्षको के हालत होला भनेर प्रश्न गरेका थिए । उनले बाराका प्रमुख जिल्ला अधिकारीको भूमिकाको समेत आलोचना गरेका थिए ।

ज्वाला भर्सेस किसान !

वडा अध्यक्ष गुप्ताको संरक्षणमा पूर्वमन्त्री साहले भूमिका खेलिरहेको श्रृखलावद्ध घटनाले देखिन्छ ।

एमाले बाराको इन्चार्ज समेत रहेकी ज्वाला संस्थापन पक्ष निकटको समुह चलाईरहेको आरोप खेप्दै आएकी छिन् । वडा अध्यक्ष गुप्ता लामो समयदेखि पूर्वमन्त्री निकट छन् ।

सांसद साहले बुधबारकाे संसद बैठकमा बाेल्दै वडा अध्यक्ष गुप्ताको बचाउ गरेकी हुन् । झगडा छुट्याउन गएका जनप्रतिनिधिलाई सांसद श्रेष्ठको दबाबमा मुद्दा दर्ता गराईएकाे सांसद साहकाे आराेप छ ।

उनले तनहुँबाट आएर जिल्लावासीकाे भावना नबुझिकनै खसी भनेर बाख्राकाे मासु बेच्ने व्यापारिकाे संरक्षण गरेकाे र कारबाही गर्न खाेज्दा सिडियाे विरुद्ध कानुन विपरित विपरीत अभिव्यक्ति दिएकाे टिप्पणी गरेकी छिन् ।

पूर्व मन्त्री समेत रहेका श्रेष्ठले गुप्ता माथि कारबाहीको माग गरेका छन् । जीतपुरको एक कार्यक्रममा उनले गुप्तालाई सजाय काटेर सुध्रिएर आए सहकार्य गर्ने उद्घोष गरे ।

पटक-पटक गल्ती गर्दै आएपनि छलफल गर्दै माफि दिदै छाड्दा मनाेवल बढेकाे उनकाे तर्क छ ।

नेकपा (एकीकृत सामाजवादी) पार्टी खोल्न निर्णायक भूमिका खेलेका श्रेष्ठ महाधिवेनदेखि पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् ।

पार्टी जनाधार कमजोर भएपनि व्यक्तिगत प्रभाव बढाउन ‘स्टनबाजी’ गर्ने गरेको आरोप छ ।

सिमरा स्विट्स र जीतपुर खसी बजारको अनुगमन गरेर जनस्वास्थ्यप्रति सकारात्मक काम गरेका बाराका सिडियो विरुद्ध खनिएपछि सांसद श्रेष्ठको आलोचना भईरहेको छ ।

वडा अध्यक्ष सुनिल गुप्ता : कार्यबाहक दिने अराजकता मच्चाउने !

 

nijgadh-supermart-adz1200-630