skip this farak Kura Pravakar

मंगलबारदेखि लुम्बिनीमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

3.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

 

काठमाडौं । लुम्बिनी प्रदेशमा २२ चैत अर्थात मंगलबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रदेशमा खोप लगाउनुपर्ने १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकाको जनसंख्या १३ लाख छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले लुम्बिनीमा १३ लाख १३ हजार ९८९ लाई टायफायडोीरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिए ।उनले टाइफाइडबाट बच्नका लागि थाइपोइड खोप लगाउने तयारी भएको जानकारी गराए ।

उनले भारतमा उत्पादित खोपको प्रभावकारिता ९६।९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन आग्रह गरे ।खोप अभियान २८ चैतसम्म सञ्चालन हुनेछ । विद्यार्थीको वार्षिक परीक्षा भएकोले वैशाख अघि नै खोप अभियान सकिने स्वास्थ्य निर्देशनालयले जनाएको छ । दूषित पानीको कारणले लाग्ने टाइफाइड, अस्पताल भर्ना हुनेको कारणमध्ये चौथो कारण भएकोले अभियान नै सुरु गरेर कार्यक्रम गर्न लागिएको स्वास्थ्य निर्देशनालय लुम्बिनीका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए ।यो अभियान पहिलो पटक चलेको बताउदै आगामी दिनमा नियमित लगाउन मिल्नेगरी अगाडि बढिने उनको भनाइ छ ।

nijgadh-supermart-adz1200-630