skip this yams_Max_Hospital.jpeg

यसरी गर्न सकिन्छ गला बसेको घरेलु उपचार

666 shares
oil-nigam-amlekhgunj-adv.jpeg

गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ ।
   जोडजोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु, वातादि कोष कुपित हुनु । यी कारणहरुले कण्ठबाट शब्द प्रवाह गर्ने नाडीहरुमा स्थिर भएर स्वरभंग गरिदिन्छ । यो स्वरभङ्ग छ प्रकारको हुन्छ— वात, पित्त, कफ, सन्निपात, शरीरको स्थूलता र क्षयीरोग ।
घरेलु उपचार
१.   नुनयुक्त तेलका पदार्थहरु खानाले वात स्वरभंग हट्छ ।
२.   तातोपानी पिउनुपर्दछ ।
३.   देसी घीउ र सखर सेवन गर्नाले स्वरभंग ठीक हुन्छ ।
४.   घीउ र मह पिउनाले स्वरभंग ठीक हुन्छ ।
५.   तातो दूध पिउनाले पनि स्वरभंग ठीक हुन्छ ।
६.   खारेको तिलको तेल अथवा मह चाट्नाले पनि स्वरभंग ठीक हुन्छ ।
७.   पिप्पली, पीपलामूल र कालो मरीच गोमूत्रमा पिसेर पिउनाले कफ स्वरभंग  ठीक हुन्छ ।
८. घाँटीको तालुमा उठेको मासुको रगत निकाल्नाले पन कफ स्वरभंग ठीक हुन्छ ।
साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

nijgadh-supermart-adz1200-630