कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधि खुवाइने
वि.सं.२०७८ कात्तिक २ मंगलवार १६:४५
729
shares

काठमाडौं : सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम खुवाउने मिति परिवर्तन गरी ७ र ८ गते संचालन गर्ने भएको छ ।
हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो ।
७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।बालबालिकाहरुलाई भिटामिन ए र जुकाकाे औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुराेध गरेकाे छ ।
वि.सं.२०७८ कात्तिक २ मंगलवार १६:४५

















