skip this

अब अनलाइनबाट विद्युतीय खोप प्रमाणपत्र पाईने

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सरकारले अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ। 
स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कागजात अपलोड गर्नु पर्नेछ। आजबाट यो सेवा सुरु भएको विभागले जनाएको छ। 
अनलाइन सेवा लिन नसक्नेहरूका लागि आजदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा गएर सेवा लिन सकिने छ। प्रमाणपत्रको लागि सक्कल राहदानी, सक्कल खोप कार्ड,  पासपोर्ट साइज फोटो, राहदानीको फोटो कपी, खोप कार्डको फोटोकपी लगायत कागजात समावेश गरी फारम भर्नुपर्नेछ। तीनदिनभित्र विदेश जानेहरुका लागि थप कागजातहरु भिसाको फोटो कपी, टिकटको फोटो कपी पेश गर्नुपर्ने छ।
यसैबीच, कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाटै पाइने भएको छ। विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो। हिजो स्वास्थ्य सेवा विभागले ७७ वटै जिल्ला अस्पताललाई पत्र पठाएर जिल्लाबाटै खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको जनाइएको छ।

nijgadh-supermart-adz1200-630