४ हजार ९६१ संक्रमित थपिए, ३ जनाको मृत्यु
वि.सं.२०७८ माघ २ आइतवार १८:३८
1.51K
shares

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा नयाँ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् ।
तीन जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।
वि.सं.२०७८ माघ २ आइतवार १८:३८

















