skip this

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

1.88K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : अष्ट्रेलियामा एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् ।
सिड्नीस्थित लेनकोभमा २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन् । कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि सन् २०२० मा अष्ट्रेलिया पुगेकी थिइन ।
घटना बारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको शव नेपाल पठाउन न्यु साउथ वेल्सको गैर आवासिय नेपाली संघले गो फण्ड मि मार्फत सहयोग संकलन सुरु गरेको छ ।
संघका युवा संयोजक बिक्रम दाहालले शव पठाउन सहयोग संकलन गर्न गोफण्डमिमा अभियान सुरु गरेका हुन् । अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको छ ।
परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको हो । मृतक सुष्मितालाई नजिकबाट चिन्ने एनआरएनए अभियन्ता उद्धव भट्टले यो घटनाले आफु आश्चर्यमा परेको बताए ।
निकै मेहनति र मिजासिली स्वाभावकी सुष्मिताको असामहिक निधनले आफु निकै स्तब्ध भएको भट्टले बताए ।

nijgadh-supermart-adz1200-630