skip this hetauda tech

किन देखिन्छ ३० कटेका पुरुषमा लिङ्ग उत्तेजित नहुने समस्या ?

1.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

३० कटे पछि धेरै पुरुषले लिङ्ग उत्तेजित नहुने समस्या भोग्ने गर्दछन् । यसलाई अंग्रेजीमा ‘इरेक्टायल डाइफङ्गसन’ भनिन्छ ।
व्यक्तिका लागि यौन आधारभूत शारीरिक आवश्यकता हो तर यौन इच्छा हुँदाहुँदै पनि लिङ्ग उत्तेजित नहुने समस्याले गर्दा धेरैको यौन जीवन सुखद् हुन सकेको छैन । यसले पार्टनरसँगको सम्बन्ध समेत बिग्रन सक्छ ।
पुरुषमा सबैभन्दा बढी देखिने यौन समस्या ‘इरेक्टायल डाइफङ्गसन’लाई धेरैले लाजका कारण बताउँदैनन् । अरुले नराम्रो दृष्टिले हेर्ने भएकाले धेरै पुरुषले यसको उपचार समेत खोज्दैनन् । तर यसको उपचार भएन भने ‘टोटल इरेक्टायल डाइफङ्गसन अर्थात् लिङ्ग उत्तेजित हुँदै नहुने समस्या पनि हुन सक्छ । सामान्यता यो समस्या ६५ वा त्यो भन्दा बढी उमेरका मानिसमा बढी देखिन्छ ।
इरेक्टायल डाइफङ्गसनको उपचारमा औषधि, थेरापी तथा भ्याकुम डिभाइसको प्रयोग सहितका धेरै उपाय अपनाउन सकिन्छ । तर यसकालागि चिकित्सक तथा सेक्स थेरापिस्टको सहयोग तथा सल्लाह भने अनिवार्य हुन्छ ।
यस्तै स्वास्थ्यकर खाना, व्यायाम तथा स्वस्थ्य जीवनशैली इरेक्टायल डाइफङ्गनको समस्याबाट मुक्त हुन सहायक हुन्छन् ।

nijgadh-supermart-adz1200-630