निजगढकाे कुशलमा बाराका उद्यमीकाे शुभकामना आदानप्रदान

वि.सं.२०८१ चैत १ शुक्रवार ०९:२०

बारा-बाराकाे निजगढ-८ स्थित कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रमा हाेलीकाे पुर्वसन्ध्यामा बुधबार राैनक थियाे ।
केन्द्रबाट विभिन्न समयमा परामर्श तथा तालिममा सहभागी भएर स्वराेजगार हुदै उद्यमी बनेका बाराकाे विभिन्न क्षेत्रका उद्यमी हाेली अंकित टिसर्टमा सजिएका थिए ।
केन्द्रका प्रमुख कार्यकारी निर्देशक सराेज काेईरालाले श्रमिकबाट एस एन कन्ट्रक्सन उद्यमी बनेका जीतपुरसिमरा उपमहानगरपालिका ११ खैरवाका श्रीराम चाैधरीकाे सहकार्यमा कुशलकाे आयाेजनामा हाेली मिलन आयाेजना गरिएकाे जानकारी दिए ।
कार्यक्रममा उद्यमीले एकअर्कामा परिचयात्मकसहित अनुभुती राख्दै हाेली पर्वकाे शुभकामना आदनप्रदान गरेका छन् ।
कार्यक्रमकाे प्रमुख अतिथि आशनमा थिए, गाैरीशंकर क्याम्पस प्रमुख टिकाराम भट्टराई । क्याम्पस प्रमुख भट्टराईले उद्यम अहिलेकाे युगकाे आवश्यकता भएको उल्लेख गर्दै कुशलकाे नेतृत्वमा उद्यमी उत्पादन भइरहेकाेमा प्रशंसा गरे ।
गाैरीशंकर क्याम्पस, मधेस विश्वविद्यालय र कुशलबिच उद्यममा आधनरित शिक्षाका लागि सहकार्यका लागि गृहकार्य भईरहेकाे जानकारी गरे ।
कार्यक्रममा सञ्चार उद्यमी एव् सञ्चारकर्मी महेश्वर अधिकारीले कुशलसँग विगतदेखि नै सहकार्य भईरहेकाे भन्दै उद्यम विकासका लागि सञ्चारकाे माध्यमबाट प्राेत्साहित गर्ने कार्य गरिने बताए ।
कार्यक्रममा रिटर्नी फेडेरेशन अन्तरगत रेटर्नी परिवार सञ्जाल बाराकी अध्यक्ष गिता चाैलागाई, एस एन कन्ट्रक्सनका सञ्चालक श्रीराम खा थारु, चौधरी मत्स्य फाम कोल्हबीका सञ्चालक शुभम चौधरी, नेपाल मौरी पालक संघ मधेस प्रदेश अध्यक्ष रत्नदास खतिवडा,
कुशलका कार्यक्रम संयोजक अनिता घिमिरे, थापा केरा फार्मका सञ्चालक भिम बहादुर थापा, वेलकम टेलरिङ्गकि सञ्चालक जमुना मैनालीलगायतले शुभकामना दिएका थिए ।
त्यस्तै ब्युटी पार्लर सञ्चालक डोल्मा श्रेष्ठ, श्रीकृष्ण डेरी उद्याेगका सञ्चालक सुरज तिमिल्सिना, सर्बहितैशी डेरी उद्याेगका सञ्चालक सुजन तिमल्सिना, डलकुशल उद्यमी डिक माया कार्की , के.यु.डि .अर्गानिक मलकी सुजता सापकोटा, भेटनरी प्राविधिक सुश्मा बर्मा, डकर्मी कृष्ण साह, कुशलकी राेजगार संयाेजक सुपभ्रा काेइराला, सुविध्या काेइराला लगायत सहभागी थिए ।

वि.सं.२०८१ चैत १ शुक्रवार ०९:२०