रतनपुरी स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मीकाे हाेली कार्यस्थलमै
वि.सं.२०८१ चैत १ शुक्रवार ०७:२९

बारा-बाराकाे निजगढ नगरपालिकास्थित रतनपुरी क्षेत्रका स्वास्थ्यकर्मीले मुख्य कार्यस्थलमै जम्मा भएर खानपान तथा सांस्कृतिक कार्यक्रम गरी होली पर्व मनाइएका छन् ।
रतनपुरी क्षेत्रका स्वास्थ्यकर्मी, महिला स्वयमसेविका र वडाका कर्मचारीले एक आपसमा शुभकामना साटासाट गरेर २०८१ सालकाे हाेली मनाएका हुन् ।
निजगढ वडा नं. ११ काे रतनपुरी स्वास्थ्य चौकीका कर्मचारी, निजगढ १२ रामथली आधारभुत, निजगढ १३ डमरपुर शहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी, निजगढ ११ वडा कार्यालयका कर्मचारी र निजगढ वडा नं. १०,११,१२,१३ का महिला स्वास्थ्य स्वयंसेविका सहभागी रहेकाे स्वास्थ्य चाैकी इन्चार्ज दिनेश परियारले जानकारी दिए ।
रतनपुरी स्वास्थ्य चाैकीका अध्यक्ष एवम् वडा अध्यक्ष सहईया गुरो थारु, वडा समिती सदस्य सोभिया देवि दनुवार लगायतकाे विशेष उपस्थिति रहेकाे थियाे ।

वि.सं.२०८१ चैत १ शुक्रवार ०७:२९