skip this farak Kura Pravakar

बाराका जनयुद्धका शहीद परिवारलाई घरमै पुगेर अनेमसंघ क्रान्तिकारी निजगढको सम्मान

1.85K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) निजगढ नगर कमिटीले नगरपालिका भित्र रहेका जनयुद्धकालिन सहिद परिवारलाई सम्मान गरेको छ ।
११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला तथा नारी दिवसको अवसरमा संघले सहिद परिवारसहित जेष्ठ नागरिक, एकल महिला लगायतलाई घरमै भेटघाट गरेर सम्मान गरेको हो ।

जनयुद्धकालिन सहिद परिवारका अति बिपन्न परिवार तथा सहिद परिवारका दुई बालबालिकालाई शैक्षिक सामाग्री सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । बृद्ध, एकल महिलालाई खाद्यन्न राहत, फलफूल, पौष्टिक आहार सामाग्री समेत वितरण गरिएको थियो ।
संघले वडा नम्बर १३ का ८१ व्र्षिय आईतीमाया गोले, त्यस्तै वडा नम्बर ६ का अति बिपन्न एकल महिला ७५ वर्षिय मंगली माया पाख्रीन, वडा नम्बर ७ औतारटोलकी १०४ वर्षिय सुनकेशरी दोङ लगायतलाई सम्मान गरेको हो ।

घरदैलोमा नेकपा माओवादी केन्द्रका नेता र निजगढ अनेमसंघ (क्रान्तिकारीका पदाधिकारी पुगेका हुन् । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का मधेस प्रदेश कमिटी सदस्य रविराज दंगाल, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष संन्तोष दंगाल, अनेम संघ (क्रान्तिकारी) नगर ईन्चार्ज एव पार्टी नगर कोषाध्यक्ष जिरिमाया बल, अनेम संघ (क्रान्तिकारी) नगर अध्यक्ष धनमाया लामा, नेकपा (माओवादी केन्द्र) नगर उपाध्यक्ष धनबहादुर खुलाल, छिरिङ लामा बल, नगर सचिव रमेश अर्याल, नगर सह–सचिव शेख अंजर, अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्ष चुणामणी चौलागाई, शिक्षक नगर कोषाध्यक्ष धन कुमारी सिग्देल, पार्टीको वडा न ७ का अध्यक्ष यतिराज सापकोटा, नगर सदस्य टिकामाया लामा, टीका योन्जन, अनेम संघ (क्रान्तिकारी) नगर उपाध्यक्ष रिता देवकोटा, महिला नेत्रृ तारा खड्का, यतिन्द्र गौतम, सुनिता खुलाल (ममता), सविना थापा, सीता माया लामा, यशोदा बुढाथोकी, कमला चौलागाई, शारदा चौलागाई, समिता चौलागाई, युवा नेता रमेश गौतम लगायतको उपस्थिति रहेका थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश कमिटी सदस्य एवं सामाजसेवी तथा युवा नेता रबिराज दंगालले आज निजगढ नगरपालिका को आयोजनामा भएको सम्मान कार्यक्रममा जनयुद्धकालिन सहिद परिवारलाई उपेक्षित गरि सिमित आफ्ना नजिकको केही सहिद परिवारलाई सम्मान गरेर अन्य माथी अन्याय गरेको बताए । उनले यो गलत कार्यको भण्डाफोर गर्न सबैलाई गाउँ–गाउँमा गएर सुचित गर्न अपिल गरे ।

कार्यक्रममा अनेम संघ (क्रान्तिकारी) निजगढ नगर अध्यक्ष धनमाया लामाले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरहरुमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएकी छिन् ।
अध्यक्ष लामाले लैङ्गिक समानताको अभियानमा पुरुषको पनि सक्रिय सहयोग र सहभागिता उत्तिकै आवश्यक रहेको उल्लेख गरेकी छिन् ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630