आईसीसी क्रिकेट विश्वकप लिग-२ टस हारेर नेपाल ओमनविरुद्ध फिल्डिङ गर्दै
वि.सं.२०७९ जेठ २६ बिहीवार २१:०५
1.77K
shares

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले ओमनविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
अमेरिकाको टेक्सास राज्यस्थित मुसा क्रिकेट स्टेडियममा हुन लागेको खेलमा ओमनले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिने भएको हो ।
खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । लिग २ को अङ्क तालिकामा नेपाल छैटौँ स्थानमा छ । १२ खेलमा ६ मा जित र ६ मा हार व्यहोरेको नेपालको १२ अङ्क रहेको छ ।
३३ खेलमा १९ मा जित निकालेको ओमान ४० अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।
२८ अङ्कसहित यूएई तेस्रो र २० अङ्कसहित अमेरिका चौथो स्थानमा रहेको छ । १४ अङ्कसहित नामिबिया पाँचौँ स्थानमा छ भने २ अङ्कसहित पीएनजी पुछारमा छ ।
वि.सं.२०७९ जेठ २६ बिहीवार २१:०५
















