डडेलधुरामा ट्रयाक्टर सडकबाट दुई सय मिटर तल खस्यो, चालक बेपत्ता
वि.सं.२०७९ असार ६ सोमवार १०:५६
1.04K
shares

काठमाडौं । डडेलधुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा गएराती ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन् । डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्रयाक्टर गएराती करिब साढे ११ बजे सडकबाट खसेको थियो ।
दुर्घटनास्थल वरीपरि खोजि गर्दा टयाक्टरको अगाडीको भाग पूर्णरुपमा क्षती भएको अवस्थामा फेला परेको र चालक फेला नपरेको प्रहरी चौकी बागबजार डडेलधुराले जनाएको छ ।
वि.सं.२०७९ असार ६ सोमवार १०:५६

















