skip this

राष्ट्रपति पदको मर्यादा जोगाउन सडकमा तडक भडक बन्द गर्नुपर्छ –नैनसिंह महर

615 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। राष्ट्रपति पदको मर्यादा जोगाउन सडकमा तडक भडक बन्द गर्ने किसिमका कानुन निर्माण गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महरले जनताको अभिभावकका रूपमा रहेको सरकार र कानुन निर्माण गर्ने सांसदहरू पनि राष्ट्रपति पदको मर्यादा जोगाउन तडकभडक बन्द गर्ने किसिमका कानुन निर्माण र उपायको खोजीमा अग्रसर हुनुपर्ने बताए।

ुराष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डा.जनिथलाल सिंहमाथि लाठी चार्ज गर्ने वरिष्ठ हवल्दार शम्भु जंग गुरुङ निलम्बित भए पनि लाठी चार्जबाट डा। सिंह घाइते भएको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्‍यो। जसले गर्दा विभिन्न अस्पताल पुगेका बिरामी प्रभावित भए। उनीहरूले उपचारको सहजताका लागि सडकमा विरोध गरे। यस्ताखाले गतिविधिले नेताहरूप्रति जनताको विश्वास गुम्दै जाने भएकाले बेलैमा सचेत हुनुपर्ने धारणा महरले राखेका छन्।

nijgadh-supermart-adz1200-630