शेखर कोइराला–गगन थापा समूह छलफलमा, मन्त्रीको नाम टुंग्याउने
वि.सं.२०७९ चैत ३० बिहीवार ११:०२

काठमाडौं। मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक बसिरहेको छ ।नेपाली कांग्रेसका डा. शेखर कोइराला–गगन थापा समूह छलफलमा जुटेका छन्। आफ्नो समूहले कम्तिमा ३ मन्त्री पाउनुपर्ने अडान बमोजिम उनीहरु आज छलफलमा जुटेका हुन् । शेखर–गगन समूहको बैठकले आफ्नो तर्फबाट मन्त्रीहरुको नाम टुंग्याउने बताइएको छ ।
शेखर–गगन समूहले तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी छ ।धनराज गुरूङ र डिगमान लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्येबाट मन्त्री चुनिने सम्भावना छ।
कांग्रेसले ८ मन्त्रालय पाएकोमा यसअघि ४ मन्त्री मात्रै सरकारमा पठाएको छ। कोइराला(थापा पक्षले मन्त्री छानेर सभापति शेरबहादुर देउवालाई दिएपछि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नामावली दिने तयारीमा छन् । सभापति देउवा पक्षले भने एनपी साउद र मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
वि.सं.२०७९ चैत ३० बिहीवार ११:०२

















