skip this

आसन्न निर्वाचनमा माओवादी केन्द्र कम्युनिस्टहरुमध्ये पहिलो शक्ति बन्नेछ –प्रचण्ड

672 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, भदौ ३० गते । माओवादी कमजोर भएमा २०६२–०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।आज पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक व्यवस्थापनमा सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताएका छन् ।

व्यक्तिगत हितलाई भन्दा पनि पार्टी र देशको हितलाई केन्द्रमा राखेर पार्टीभित्रका सबैले इमान्दारीपूर्वक काम गर्ने हो भने आसन्न निर्वाचनमा माओवादी केन्द्र कम्युनिस्टहरुमध्ये पहिलो शक्ति बन्ने दाबी उनले गरेका छन् ।

nijgadh-supermart-adz1200-630