skip this farak Kura Pravakar

लत्ताकपडासहित भारतीय मोटरसाइकल सशस्त्रको नियन्त्रणमा

582 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट– लत्ताकपडासहित भारतीय मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट जिल्लाको राजपुर नगरपालिका १ स्थित पिप्रा भगवानपुरबाट जेठ २ गते सशस्त्र प्रहरीले करिब ३ लाख ३१ हजार रुपैयाँ बराबरको लत्ताकपडासहितको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

बिआर ०६ सिबि ३८६४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले नियन्त्रणमा लिएको हो ।

यसैगरी, सोही जिल्लाको गौर नगरपालिका २ स्थित बकैया खोला इलाकाबाट जेठ २ गते सशस्त्र प्रहरीले करिब १ लाख ५२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको विल विजक बिनाको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।

नियन्त्रणमा लिइएको लत्ताकपडा र मोटरसाइकल आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

nijgadh-supermart-adz1200-630