skip this hetauda tech

गाई खोज्न जङ्गल गएका शेर्पा मृत फेला

417 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लेप्चुङका ५५ वर्षीय लाक्पाडन्डु शेर्पा मृत अवस्थामा फेला परेका छन् ।

आइतबार चरनमा निस्किएका गाई खोज्न जङ्गल गएका शेर्पा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गाई खोज्न हिँडेका शेर्पा घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीचौकी लेलेपबाट खटेको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी शेर्पाको शव आफन्तलाई जिम्मा लगाइएको छ ।

nijgadh-supermart-adz1200-630