skip this hetauda tech

इन्टर मिलान १३ वर्ष पछि युईएफएको फाइनलमा

561 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – इन्टर मिलान १३ वर्षपछि युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा १-० ले पराजित गरेपछि इन्टर समग्रमा ३–० को नतिजा निकाल्न सफल भएको हो । पहिलो लेगमा इन्टर २–० ले विजयी भएको थियो।

सानसिरोमा मंगलबार राति भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिन पुग्यो । निकै रोचक र प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै पक्षले एक अर्का माथि दबाब बढाएका थिए।

लोउटारो मार्टिनेजले ७४ औं मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए । उनको सोही गोलले मिलानलाई १३ वर्ष पछि फाइनलमा पुर्‍यायो।

अब इन्टरले लिगको उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी मध्येको विजेता टोलीसँग खेल्ने छ ।

nijgadh-supermart-adz1200-630