skip this

अन्तर्राष्ट्रिय संरक्षक दिवस नेपालमा पहिलो पटक मनाइयाे

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- प्रथम अन्तर्राष्ट्रिय संरक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईएकाे छ । नेपाल लगायत २५ वटा राष्ट्रले एकैसाथ संरक्षक दिवस मनाएका छन् ।

दिवसकाे अवसरमा र्याली निकालिएको थियाे । संरक्षकहरुकाे संरक्षण गराैं भन्ने मुल नाराका साथ रत्नपार्कबाट निकालेकाे र्याली नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर कार्यक्रममा परिणत भएकाे थियाे ।

नव आगमन संरक्षक समाजले आयाेजना गरेकाे उक्त कार्यक्रममा अति अशक्त तथा पूर्ण अशक्त अपाङगता भएका वालवालिकाका संरक्षकरुकाे सहभागिता रहेकाे थियाे ।


गाेमादेवी अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मष्तिस्क पक्षाघात स्वावलम्वन समुहका कार्यकारी अधिकृत बिमललाल श्रेष्ठ प्रमुख आतिथ्यता रहेकाे थियाे ।

संरक्षकहरुलाई शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक रुपमा सशक्त र सक्षम बनाउने उदेश्यले २०७६ सालमा गठन भएकाे नव आगमन संरक्षण समाज सूर्यविनायक भक्तपुरमा उपत्यका भित्र बसाेबास गर्ने करीब पाँच सय संरक्षकहरु आबद्ध रहेका छन् ।

nijgadh-supermart-adz1200-630