skip this

भारतमा ९ ओटा कोभिड खोपलाई मान्यता

831 shares
oil-nigam-amlekhgunj-adv.jpeg

भारत । भारतले रूसमा निर्मित कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वकृति दिएको छ । एक मात्रा लगाए पुग्न ‘स्पुत्निक लाइट’ नामक नयाँ खोपलाई स्वीकृति दिएको हो । योसँगै भारतले नौ ओटा कोभिड खोपलाई अनुमति दिएको छ । अनुमति दिइएकामध्ये तीन ओटा भारतमा विकसित गरिएका हुन् ।
यसअघि सरकारले गत वर्ष ’स्पुत्निक’ भीलाई अनुमति दिएको थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ । अहिलेसम्म करिव एक अर्ब ७० लाख मात्रा खोप लगाइएको छ । भारतमा ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
-एजेन्सी

nijgadh-supermart-adz1200-630