skip this farak Kura Pravakar

तालिबानको पहिलो पत्रकार सम्मेलन : अफगान सरकारी अधिकारीलाई ‘आम माफी’

894 shares
oil-nigam-amlekhgunj-adv.jpeg

तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ ।
शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो । अफगानिस्तान कब्जापछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ‘२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको’ बताएका छन् । ‘अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,” मुजाहिदले भने,’हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ।’
तालिवानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले कर्मचारीलाई आम माफी दिइने बताएका फ्रान्सेली टेलिभिजन, फ्रान्स–२४ ले उल्लेख गरेको छ । ‘पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ,’ सामञ्जनीले माफीको घोषणा गर्दै भने ।

nera mabi laal
nijgadh-supermart-adz1200-630