skip this

चर्चित र्‍यापर डगविरुद्ध यौन दुर्व्यवहारको आरोप

1.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

अमेरिकी र्‍यापर स्नुप डगविरुद्ध एक महिलाले यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी छन् । तर ती महिलाको पहिचान खुलाइएको छैन ।

ती महिलाका अनुसार स्नुप डगले २०१३ को एक कन्सर्टपछि उनीमाथि दुर्व्यवहार गरेका थिए । उक्त घटनालाई लिएर ती महिलाले बुधबार मुद्दा दायर गरेकी हुन् । चर्चित र्‍यापर स्नुप डग लस एन्जलसस्थित अन्य हिप हप कलाकारहरूको साथमा प्रस्तुती दिने तयारी गरिरहँदा ती महिलाले मुद्दा दायर गरेकी हुन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार ती महिला संगीत उद्योगमै सक्रिय थिइन् । उनी पहिले स्नुप डगसँग मिलेर पनि काम गरेको बताइन्छ । स्नुप डगको वास्तविक नाम भने केल्भिन ब्रोडस हो । उनी स्टेजमा भने स्नुप डगले चिनिने गरेका हुन् ।

पीडित महिलाका अनुसार उनी बाथरुम भित्र रहेका बेला स्नुप डग अचानक प्रवेश गर्दै उनलाई यौन सम्पर्कका लागि जबर्जस्ती गरेको ती महिलाले उजुरीको क्रममा उल्लेख गरेकी छन् ।

पीडित महिलाले यदी त्यस बेला उजुरी दिएको भए आफ्नो पेशा नै धरापमा पर्ने त्रासका कारण घटना भएको समयमा उक्त कुरा गोप्य नै राखेको उजुरीमा लेखेकी छन् । साथै सुरक्षाका कारण पनि आफूले त्यसबेला केही नबोलेको उनको भनाइ छ ।

महिलाले स्नुप डगको प्रभाव र प्रभुत्वका कारणले दबाब महसुस गरेको र यदी डगको चित्त दुखाए संगीत उद्योगमा कहिल्यै फर्कन नपाउने डरका कारण त्यस बेला उजुरी नदिएको बताएकी छन् ।

तर स्नुप डगले यसबारे मिडियासँग केही प्रतिक्रिया दिएका छैनन् । यद्यपि उनले आफ्नो इन्स्टाग्राममा बुधबार लेखेका छन्, ‘गोल्ड डिगरहरूको सिजन छ यहाँ । सावधान रहनुस् । सावधान रहनुस् । र सर्कल सानो राख्नुहोस् ।’ अन्तर्राष्ट्रिय मिडियाले तिनै महिलालाई लक्षित गर्दै यस्तो लेखेको हुनसक्ने जनाएका छन् ।

nijgadh-supermart-adz1200-630