याे कस्ताे समाज हाे ? एउटा “बिधुवा” नारीले राताे कपडा लगाएकाे देख्न नसक्ने..!
वि.सं.२०७८ माघ २८ शुक्रवार १५:५३

अजात काधिरा, गोरखा । व्यक्ति व्यक्ति मिलेर नै समाजको निर्माण हुन्छ तर समाजमा हुने विभिन्न सोच भएका मानिसहरुको सोच एउटै हुन्छ, भन्ने छैन र मिल्नुपर्छ भन्ने छैन ।
कुनै पनि व्यक्तिको स्वनिर्णय र स्वतन्त्रताको अधिकार व्यक्ति आफुमा निहित हुन्छ र हुनुपर्छ भन्ने धारणा मेरो पनि हो । अहिले म आफ्नो जन्मथलो गोरखामा छु । धेरै कुराहरु सुनिरहदा कति कुराहरुले मन दुख्ने रहेछ तर अहिले मन दुखाउन तिर भन्दा पनि आफुलाई के ठिक लाग्छ भन्ने कुरालाई ध्यान दिन्छु र मेरो परिवारलाई पनि त्यहि सिकाउछु । गोरखामा अहिले म र मलाइ याे दुनियाँमा जन्मदिने आमा मात्रै छौं ।
आमा शब्द मानवसँग मात्र सम्बन्धित भएको हुँदैन । पशु तथा जनावरसँग पनि त्यत्तिकै सम्बन्ध रहेको हुन्छ । कुनै पशुले बच्चा जन्माएपछि केही समयको अन्तरालपछि नै आमालाई सङ्केत गरी बोलाएको हुन्छ । चराचुरुङ्गीले पनि बेला बेलामा च्याँ च्याँ गरी आमालाई नै बोलाएको हुन्छ । अन्य जीव जन्तुहरूले पनि आमालाई विभिन्न रूप र तरिकाबाट खोजेकै हुन्छन् । प्रथम सृष्टिकर्ता एवम् पहिले देखिन आउने वस्तु आमा भएको हुनाले यी दुईबीच प्रगाढ माया, ममता तथा स्नेह हुन गएको हो । आमा भन्ने शब्द यो संसारमा सबैका लागि उत्तिकै प्रिय हुन पुगेको छ ।
मैले मेरो बाबा गुमाएको भर्खरै एक बर्ष पुगेको छ । हाम्रो परिवारलाई एउटा जिम्मेवारी काँध ढल्नुको पीडा कति छ, भन्ने कुरा कम मान्छेले नै महशुस गर्न सक्नुहुन्छ । बुवाको अभावको साथ साथै त्यो घाउ कहिले पनि निको हुदैन ।
पीडा जसलाई भयो, त्यो उसले मात्र अनुभव गर्न सक्छ बाँकी समाज र आफन्तभन्नेहरुले एक छिन बिचराको पात्र बनाउने मात्र हो। हाम्रो समाज छ नै त्यस्तै बाहिर बिचरा भनेर भित्र खुशी हुनेको जमात पनि कम छैन यहाँ ।
हामी आफ्नो कुरालाई भन्दा बढि अरुले के ग-यो र के गर्दैछ भन्ने कुरालाई बढि चासोमा राख्छौ। हाम्रो सामाजिक संरचना नै सिमित घेराको म भएर होला बुझाइको बिकास पनि साँघुरो खालको छ । हो मैले आफ्नो बुवा बित्दाआमाले लगाउनु भएकाे हातकाे चुरा फुटाउन दिइन, सिन्दुर पुछ्न दिइन, रातो लुगाहरू लगाउनु हुन्न भनेर कहिल्यै पनि बन्देजमा पारिन् । बजारमा किन्न पाइने कस्मेटिक सामानले भाग्यनिर्धारण गर्छ भन्ने कुरामा म विश्वास गर्दिन लाग्छ यी कुराहरुले हामी महिलालाई सीमित घेरा भन्दा बाहिर नजाउभनेर निर्धारण गरेको छ । के लगाउन मन पर्छ, लगाउन मन छ भन्ने कुरा व्यक्तिको स्वतन्त्रता र स्वइच्छाभित्र पर्छ। हो त्यस्तै मेरो आमालाई रातो लगाउन मन पर्छ भने त्यो उहाँको स्वतन्त्रता र इच्छाको कुरा हो ।
मेरो बुवा बितिसकेपछि मेरो आमाले रातो लगाउनुमा धेरै जनाको चासो र टाउको दुखाइको बिषय रहेछ यो म आफैले सुन्ने मौको मिल्यो । धेरै जनाको कुरा भने कति छिटो आफ्नो श्रीमानलाइ भुलेको रे, रातो लगायाे र हिड्याे भन्दैमा मन भित्रको घाउ निको होला र? समाज यस्तो छ कि कुनै श्रीमानको श्रीमति वितिसकेपछि उसलाइ एक महिनाभित्र बिहे गर्न त्यहि समाजले दबाब दिन्छ । तर काेही श्रीमतीको श्रीमान बित्दा जिन्दगीभर अध्यारो भएर बस्नु पर्ने, हास्न नपाइने, धेरै बोल्न नहुने, रातो लगाउन नहुने रे कस्ता बन्देज हो यो समाजको ?
अब पनि परिवर्तन हुन नखाज्ने, यो समाज परिवर्तन सम्भव होला र भन्ने कुराले धेरै नै मनमा शंका उव्जाएको छ । हो यो समाजको प्रतिकृया थाहा पाउनको लागी मैले आमालाई रातो लगाउन प्रोत्साहन गरेको हुँ, म परिवर्तन चाहान्छु र गर्नुपर्छ भन्ने कुरामा बोल्न कहिले पछि हट्ने छैन ।
आमा मेरो शक्ति हो, साहस हो आफ्नो पिडा दबाएर म मेरो सन्तानको लागी हास्नुपर्छ भनेर जुनशक्ति पैदा गर्नुभयो र आजखुसी देखिनुभएको छ, हो त्यो मेरो लागी उत्कृष्ट खुसी हो ।
एउटा (विधवा) महिलाले रातो कपडा लगाएको देख्न नसक्ने र मन खुम्चाएकाहरुले सोचलाई सामाजिक दायराबाट अलि माथी उठेर हेर्ने कोसीस पनि गर्ने कि ? एउटा महिलाले अर्की महिलालाई समर्थन र प्रोत्साहन गर्न नसक्ने हो, भने हामी पुरुष सरहको अधिकार पाउनुपर्छ भन्दैआवाज उठाउनुको केही अर्थ होला र ? कसले के गर्छ भन्ने कुरामा धेरै चासो राख्नुभन्दा पनि आफुलाई परिवर्तन कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने कि ? याे समाजले !
वि.सं.२०७८ माघ २८ शुक्रवार १५:५३

















