skip this farak Kura Pravakar

इक्वेडर कारागार झडप : मृतक संख्या एक सय नाघ्यो

534 shares
oil-nigam-amlekhgunj-adv.jpeg

एजेन्सी : इक्वेडरको एक कारागारमा भएको झडपमा मृत्यु हुनेको संख्या एक सय नाघेको छ । कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् ।
   अरु ५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो ।
    सो क्रममा ५ जना टाउको काटिएको अवस्थामा फेला परेको बीबीसीले जनाएको छ । उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई राखिएको थियो।
   स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कारागारभित्रको सो घटनामा शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहको संलग्नता खुलेको छ ।
   घटनापछि चार सय प्रहरी त्यहाँ परिचालन गरिएको छ ।

nijgadh-supermart-adz1200-630