skip this

रावाबेँसी गाउँपालिकाद्वारा होटल कुक तालिम सञ्चालनमा अनियमितता

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले होटल कुक तालिम सञ्चालनका क्रममा अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा गाउँपालिकाले आर्थिक वर्ष २०७७–०७८ मा १८ जनालाई दिने भनिएको ४५ दिनको कुक तालिममा १४ जनालाई मात्र सहभागी गराएर बढी भुक्तानी दिएको उल्लेख छ ।

नेशनल मानव विकास ट्रेनिङ इन्स्टीच्यूट प्रालि नेपालगञ्जले मूल्य अभिबृद्धि कर सहित ५ लाख ९८ हजार ९०० रुपैयाँमा तालिम सञ्चालन गर्नेगरी २०७७ साल फागुन ११ गते गाउँपालिकासँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०७७ फागुन २७ देखि ४५ दिनसम्म कुक तालिम सञ्चालन गरिएको थियो । तालिममा सहभागी १४ जना बराबरको ४ लाख ६५ हजार ८११ मात्र भुक्तानी दिनुपर्नेमा १८ जनाकै भुक्तानी दिएको पाइएको महालेखाले जनाएको छ । बढी भुक्तानी दिइएको १ लाख १३ हजार ८८ असुल गर्न भनिएको छ ।

यस्तै, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा आधारभुत स्वास्थ्य इकाइ भवन निर्माणका क्रममा बढी भुक्तानी दिएको पाइएको छ । गाउँपालिकाको १६ लाख ५३ हजार र उपभोक्ता समितिको १ लाख ७६ हजार ८९ गरी कुल १८ लाख २९ हजार ८९ मा सम्पन्न गर्नेगरी सम्झौता भएको भवन निर्माणका क्रममा सम्झौता भन्दा बढी भुक्तानी दिइएको १ लाख ६८ हजार रकम उपभोक्ता समितिबाट असुल गरी राजस्व दाखिला गर्न भनिएको छ । आधारभुत स्वास्थ्य इकाइ भवन २०७८ जेठ ६ गते सुरु गरेर २०७८ असार १५ गते सम्पन्न गरिएको थियो ।

महालेखाले मोटरसाइकलको व्यवस्था गरी इन्धन तथा मर्मत खर्च समेत उपलव्ध गराइएकोमा पुःन यातायात खर्चवापत मासिक चार हजारका दरले दोहोरो सुविधा लिएका दुई वडाध्यक्षबाट ९६ हजार दाखिला गर्न, करारका ८ कर्मचारीलाई दिइएको महंगीभत्ता १ लाख ९२ हजार असुल गरी राजस्व दाखिला गर्न भनेको छ ।

nijgadh-supermart-adz1200-630