skip this

काठमाडौँ उपत्यका विकास प्राधिकरण अभिलम्ब खारेज गर्न आवश्यक छ –प्रेम सुवाल

864 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रस्ताव गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले देशको सन्तुलित विकास र काठमाडौँ उपत्यकामा आउने विपद् व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने तर्क अघि सारेका हुन् ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभाबी भत्काउने गरिएकोमा आपत्ति जनाउँदै उनले त्यसले ठुलो विपद् ल्याउनेतर्फ पनि सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसद सुवालले काठमाडौँ उपत्यका विकास प्राधिकरण अभिलम्ब खारेज गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630