skip this

आजदेखि केहि दिन ठूलो पानी पर्दैे, सडक तथा हवाई यातायात समेत प्रभावित हुने

882 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदलीरही बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । अहिले बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा आजदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव परेको छ ।

पूर्वको तुलनामा पश्चिममा निकै भारी वर्षा हुनेछ । देशका धेरैजसो नदीमा आजदेखि पानीको बहाव बढ्ने अनुमान गरिएको छ । तिनाउ नदी, बाणगंगा र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने अनुमान रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ । १९ गतेदेखि २२ गते शनिवारसम्म पश्चिम सेती, महाकाली र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

nijgadh-supermart-adz1200-630