जगदम्बा जीतपुरसिमरा गोल्डकप : एनआरटी र बिजय युथ भिड्ने
वि.सं.२०७८ चैत १२ शनिवार १०:५७
2.71K
shares

बारा । जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत शनिवार न्युरोड टिम (एनआरटी) र बिजय युथ क्लब हेटौडाबीच खेल हुदैछ । दुई टिमबीचको खेल सिमरा रंगशालामा साझ ५ः३० बजेपछि सुरु हुनेछ ।
यसअघि शुक्रवार भएको खेलमा भरतपुर फूटवल क्लब (बिएफसी) चितवनलाई स्तब्ध पार्दै सर्लाहीको बाग्मती युवा क्लब गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । चितवनमाथी २-१ को जित निकाल्दै बाग्मतीले अन्तिम आठको यात्रा तय गरेको हो ।
बाग्मतीको जितमा दिनेश चाम्लिङ्ग राई र प्रदीप लम्सालले समान एक=एक गोल गरेका थिए । चितवनका लागि भने रोशन क्षेत्रीले गोल गरेका थिए ।
नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।
वि.सं.२०७८ चैत १२ शनिवार १०:५७
















