एमाले अध्यक्ष धामीले जडिबुटी भवनलाई कार्यकर्ताको जिम्मा लगाए, १६ लाखको अण्डा वितरण (काण्ड-४)
*फरक नेपाल डटकम निरन्तर फलोअफमा छ ।
वि.सं.२०७८ चैत १२ शनिवार १२:३१

काठमाडौं । वास्तविक किसानहरुलाई १६ हजार पर्ने प्लास्टिक घरको घरमा अनुदान दिन नसक्ने एमालेबाट नौगाड गाउँपालिका अध्यक्ष बनेका प्रेम धामीले आफ्ना पार्टीका कार्यकर्तालाई जडिबुटी संकलन केन्द्रको भवन दिएको खुलासा भएको छ ।
अनेरास्ववियु केन्द्रीय कमिटि सदस्यसमेत रहेका गोविन्द धामीलाई प्रेम धामीले १६ लाखको लागतमा बनेको जडिबुटी संकलन भवनकाे जिम्मा लगाएको भन्दै स्थानीयहरुले चर्को विरोध गरेका छन् ।
अचम्मको कुरा त के भने झुटो बोलेर जडिबुटी भवन आफ्नो कार्यकर्ताको नाममा गरेका प्रेम धामीले एमालेको कार्यकर्ताहरुलाई रु. १६ लाखको अण्डा वितरण गरेको भेटिएको छ ।
त्यस्तै सिप्टीमा अध्यक्ष धामीले आफ्ना पार्टी कार्यकर्तालाई नक्कली किसान बनाई निजी बनाउन पैसा बाडेको स्थानीयहरुको आरोप छ ।
एमाले कार्यकर्तालाई पैसा बाँडेर किसानलाई अण्डा शीर्षकमा रु. १५ लाख भुक्तानी गरेको खुलासा भएको छ ।
त्यती मात्रै होईन नौगाड गाउँपालिकामा ४ करोड १८ लाख बढी बेरुजु रहेको महालेखा परिक्षकको रिपोर्टमा समेत उल्लेख छ ।
एमाले कार्यकर्ताले नौगाड गाउँपालिकालाई जिल्लाकै एक नम्बर नमुना भन्दै प्रचार गर्ने गरेका छन्, तर गाउँपालिका भित्र भएको भ्रष्टाचार, पक्षपात र अनियमितता हेर्ने हो भने जिल्लाकै बढी रहेको प्रष्ट देखिन्छ ।
त्यस्तै प्रेम धामीलाई अपी पावर कम्पनीबाट मोटो रकम लिएर पीडितको मुद्दा दबाउको आरोपसमेत लागेको छ ।
उक्त समाचार फरक नेपाल डटकमले प्रकाशित गरि सकेको छ ।
थप समाचारहरु:-
वि.सं.२०७८ चैत १२ शनिवार १२:३१
















