skip this

एमाले निजगढ अधिवेशन : उपसचिव (महिला) पदमा घिमिरेकाे उम्मेदवारी खारेज ! न्याैपाने निर्विरोध

उम्मेदवारी खारेजप्रति असन्तुष्टि

3.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ)–नेकपा (एमाले) निजगढ नगर कमिटी अधिवेशनमा उपसचिव (महिला) पदमा जगतकुमारी न्यौपाने जानुका निर्विरोध भएकी छिन् ।

महिला उपसचिवमा उम्मेदवारी दिएका दुई जना मध्ये भगवती घिमिरेकाे उम्मेदवारी खारेज भएसँगै जानुका निर्विरोध भएकी हुन् ।

यसरी उम्मेदवारी खारेज

नगर कमिटीकाे पदाधिकारीमा निर्वाचनमा उम्मेदवार हुन माथिल्लो कमिटी, नगर कमिटी सदस्य वा साे सरह पदमा कार्यरत हुनुपर्नेमा मापदण्ड नपुगेपछि घिमिरेकाे उम्मेदवारी खारेज भएकाे प्रमुख निर्वाचन अधिकृत गाेकुल घाेरसाईनेले जानकारी दिए ।

खारेजप्रति असन्तुष्टि

उम्मेदवारी खारेजप्रति उम्मेदवार घिमिरेले असन्तुष्टि जनाएकी छिन् ।

सामान्यतया सम्बन्धित कमिटीको सदस्य वा एक तह तल्लो कमिटीको पदाधिकारी भई काम गरेको हुनु पर्छ भन्ने मान्यता विपरित आफ्नो उम्मेदवारी खारेज गरिएको उनीहरुकाे आराेप छ ।

nijgadh-supermart-adz1200-630