skip this

जसपा नेपाल पाँचथर काठमाडौं सम्पर्क समिति पुर्नगठन, अध्यक्ष बने नेम्बाङ

1.8K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–जनता समाजवादी पार्टी नेपाल पाँचथर काठमाडौं सम्पर्क समितिको अध्यक्षमा देबेन्द्र नेम्बाङ चयन भएका छन् ।

काठमाण्डौंमा शनिबार पुर्नगठन तथा प्रशिक्षण कार्यक्रममा अध्यक्षमा नेम्बाङ चयन भएका हुन् ।

 

सम्पर्क समितिको उपाध्यक्षमा रमेश लावती, मुकेश थाम्सुहाङ, यामकुमार यक्वा चयन भएका छन् ।

त्यसैगरि सचिबमा मदन सेलीङ, सहसचिवमाः तानाम तान्छो लावती र कोषाध्यक्षमा चन्द्र कुमार लावती चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा सचिन खजुम, गगन प्रकाश लावती, कमु लिङ्देन, उदय बेघा, पुर्ण योङहाङ, नरेश वनेम, सन्तु नेम्बाङ, गजेन्द्र लावती, राजेश चेम्जोङ, काजी सम्बाहाम्फे चयन भएका छन् ।

कार्यक्रमको जसपा नेपालकी केन्द्रीय सदस्य रेखा यादवले मैनवत्ती बालेर उद्घाटन गरेकी थिईन् ।

उनले नवनिर्वाचित समितिका अध्यक्ष सहित सम्पुर्ण समितिलाई हार्दिक बधाई तथा शुभकामना दिएकी थिईन् ।

nijgadh-supermart-adz1200-630