skip this

फोहोरमैला प्रशोधन केन्द्रका लागि जग्गा खोज्दै जीतपुरसिमरा, नगरवासीसँग माग्यो सुझाव

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरा उपमहानगरपालिकाले फोहोरमैला प्रशोधन केन्द्र निर्माणका लागि नगरवासीहरूबाट राय र सुझाव माग गरेको छ ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै फोहोरमैला व्यवस्थापन नगरको प्रमुख चुनौती बनेको उल्लेख गर्दै प्रशोधन केन्द्र निर्माणका लागि उपयुक्त स्थान छनोट गर्न सबै नगरवासीको सहभागिता आवश्यक रहेको जनाएको हो ।

नेपाल सरकारको शहरी विकास मन्त्रालयले २०८२ साल असोज २ गतेको पत्रमार्फत उपयुक्त सरकारी वा पर्ती जग्गा सिफारिस गर्न आग्रह गरेपछि उपमहानगरपालिकाले राय संकलन प्रक्रिया सुरु गरेको हो । मन्त्रालयले मिति २०८२ साल असोज २३ गतेभित्र जग्गाको विवरण सहितको प्रस्ताव माग गरेको छ ।

यस सन्दर्भमा जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्रको सम्भावित स्थानको विवरण र राय सुझाव मिति २०८२ असोज १८ गतेभित्र इमेल वा ध्जबतकबउउ मार्फत पठाउन नगरवासीहरूलाई अनुरोध गरेको छ ।

फोहोरमैला प्रशोधन केन्द्रको स्थान छनोटमा देखिएका अवरोधहरू समाधान गर्दै दीगो र सफा सहर निर्माणको लक्ष्यका साथ अगाडि बढ्ने उपमहानगरपालिकाको भनाइ छ ।

नगर प्रमुख राजन पौडेलको हस्ताक्षरमा जारी उक्त सूचनामा नगरका सबै तह र समुदायलाई यस अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ ।

nijgadh-supermart-adz1200-630