skip this farak Kura Pravakar

जीतपुरसिमरा–१६ वडा अध्यक्ष कपको उपाधि आयोजक मित्र यूवा क्लबले जित्यो

1.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ को डकाहा पैनीटोलमा आयोजित प्रथम वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि आयोजक मित्र यूवा क्लब डकाहले जितेको छ ।

शनिबार डकाहस्थित खेल मैदानमा भएको फाईनल खेलमा वडा नं.१८ को मौवादेवी यूवा क्लब बडहर्वालाई ३ शुन्य गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि उचालेको हो ।

प्रथम पुरस्कार रकम रु ५० हजार सहित ट्रफी हात पारेको छ । भने उपविजेता मौवादेवी यूवा क्लब बहर्वाले २५ हजार नगदमा चित्त बुझाएको छ ।

आयोजकका लागि खेलको ५ औं मिनटमा अमित बछारले पहिलो गोलगर्दै टिमलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ४६ औं मिनटमा मित्र यूवा क्लबका खेलाडीको प्रहार रोक्ने क्रममा मौवादेवीका खेलाडी सागर चौधरीको खुट्टाबाट चिप्लीएको बल आफ्नै पोष्ट छिर्दा आत्माघाती गोल हुन पुगेको थियो । भने खेलको अन्तिम समयमा आयोजकका खेलाडी अन्जन बछारले गोल गरेपछि जित फराकीलो बनेको थियो ।

प्रतियोगिता अवधिमा सर्वाधिक गोलकर्ताको उपाधी आयोजक टिमका कृपाकान्त चौधरीले पाए । उनले प्रतियोगितामा सबैभन्दा धेरै ६ गोल गरेका थिए ।

यस्तै प्रतियोगिताको उत्कृष्ठ खेलाडी आयोजककै अमित बछारले पाएका पाएका छन् । उनले ट्रफी हात पारे ।

प्रतियोगिताको विजेता एवं उपविजेता टिमका साथै खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी वडा नं.१६ का अध्यक्ष हरिदेव खरेलले पुरस्कार प्रदान गरेका थिए ।

nijgadh-supermart-adz1200-630