बाख्राको मासुलाई खसी बनाएर बेच्नेलाई छाड्न नमान्दा सिडियो विरुद्ध खनिए सांसद श्रेष्ठ
वि.सं.२०८१ चैत ५ मंगलवार २१:१७

बारा–होली पर्वको अवसरमा बजार अनुगमनलाई तिब्रता दिएका बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको टोलीले जीतपुर बजार क्षेत्रबाट बाख्रालाई खसी बनाएर बेच्नेलाई पक्राउ ग¥यो ।
पक्राउ परेका व्यक्तिलाई छाड्न बारा क्षेत्र नं. ४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले सिडियो अधिकारीलाई दबाब दिए । उनको तर्क थियो–रोजा चलिरहेकाले अहिले छाड्नु प¥यो ।
जनस्वास्थ्यमाथि खेलवाड गरेका व्यक्तिलाई पक्राउ गरेकोमा धन्यवाद दिनुको साटो सांसद श्रेष्ठले छाड्न दबाब दिए । तर, सिडियो अधिकारीले उनीहरुलाई छाड्न मानेनन् ।
त्यसको केहिदिनमा जीतपुर बजार क्षेत्रमै त्यहाँका वडा अध्यक्ष सुनिल गुप्ताको समुहले पशुराम गिरीको घरमा आक्रमण गरेपछि गिरीले बन्दुक पड्काएको घटना सार्वजनिक भयो ।
सांसद श्रेष्ठले यो घटनालाई सांसदमा आवाज उठाए । उनले घटनापछि सिडियो अधिकारीको भूमिकाको विषयमाथि प्रश्न उठाए । घटनाबारे दुवै पक्षविच छलफल गरेको भन्दै त्यसलाई उनले पञ्चायत शैलीमा सिडियो अधिकारीले जिल्ला चलाएको टिप्पणी गरे ।
उनी यतिमै राकिएनन्, संसदमा बोलेको भोलिपल्टै जीतपुर पुगेर सिडियो अधिकारीलाई भ्रष्टचारी भन्दै आरोपित गरे । तालिमको क्रममा जिल्ला बाहिर रहेका सिडियो अधिकारीलाई जिल्ला प्रवेश गर्ने दृष्टता नगर्न चेतावनी दिएका छन् ।
सदनदेखि सडकसम्म आक्रमक रुपमा प्रस्तुत भईरहेका सांसद श्रेष्ठ सिडियो अधिकारीको सरुवा गराउन शक्तिकेन्द्र समेत धाएको स्रोतले जनाएको छ ।
उनी निकटका सामाजिक सञ्जाल प्रयोगकर्ताले सिडियो अधिकारीको सरुवा भएको सूचना समेत प्रवाह गरिहरेका छन् । तर गृह मन्त्रालयलेको आधिकारिक साईडमा भने सरुवाबारे कुनै सूचना प्रकाशित भएको छैन ।
यसैविच नेकपा (एमाले) बाराका सचिव अमृत बजागाईले सांसद श्रेष्ठप्रति इंकित गर्दै यस्ता सांसदलाई के भन्ने ? भनेर टिप्पणी गरेका छन् ।

वि.सं.२०८१ चैत ५ मंगलवार २१:१७